फागुन । स्पेनिस ला लिगा अन्तर्गत शतिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ७–१ ले हरायो ।

रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डो एक्लैले चार गोल गरे । यस्तै पेपे, ग्यारेथ बेल र जेसेले एक एक गोल गरे । सेल्टाका लागि लागो आसपासले एक गोल फर्काए । ४१ औं मिनेटमा पेपेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको रियलका लागि क्रिष्टिना रोनाल्डोले ५०, ५८ र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि अग्रता ४–१ मा पुग्यो ।

त्यसअघि ६२ औं मिनेटमा सेल्टाका लागोले एक गोल फर्काएका थिए । ७६ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गरेपछि रियलको अग्रता ५–१ मा पुग्यो । ७७ औं मिनेटमा जेसे तथा ८१ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ७–१ को सानदार जित दिलाए । रोनाल्डोले ला लिगामा यो सिजन अहिलेसम्म २७ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले यो सिजन सबै प्रयोगितमा ३९ गोल गरिसकेका छन् । जितपछि तेस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६१ तथा शीर्ष स्थानको बार्सिलोनाको २७ खेलबाट ६९ अंक छ ।रियलसँग पराजित भएको सेल्टा २८ खेलबाट ४२ अंकसहित छैटौं स्थानमा छ ।

शनिबार राति नै भएका अरु खेलमा भिल्लारियल लास पालमससँग १–० ले पराजित भयो । यस्तै गेटाफे र सेभिल्ला १–१ तथा मालागा र डिप्रोटिभो डी ला कोरुना ३–३ को बराबरीमा रोकिए ।

Comments