मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करणको फाइनल भिडन्त आइतवार हुँदैछ । यसपटक उपाधिका लागि डिफेन्डिङ च्याम्पियन दी हिमालयन क्लब र सगरमाथा स्टार्स भिड्ने भएका छन् ।

गत आइतवार भएको सेमीफाइनल खेलमा विजेता बन्दै दुवै टोली फाइनल भिडन्तका लागि आमनेसामने भएका हुन् । पछिल्लो दुई वर्ष लगातर विजेता बन्दै ट्रफी उचाल्दै आएको दी हिमालयन यसपटक ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

taraउता सगरमाथा स्टार्स पनि पहिलोपटक उपाधि उचाल्दै न्याभ कपमा दी हिमालयनको वर्चस्व तोडिदिने योजना छ । दुवै टोलीको उत्कृष्ट प्रदर्शनले यसपटकको फाइनल भिडन्त अझ रोमाञ्चक हुने विश्वास गरिएको छ । आइतवार हुने फाइनल खेललाई रोमाञ्चक बनाउँनका लागि सबै तयारी पूरा भएको संयोजक तारा गैरेले जानकारी दिनुभयो ।

फाइनल प्रतियोगीता पनि स्थानीय टिडब्लु ब्लेक पार्कमा हुँदैछ । टुर्नामेन्टमा यसपटक ६ टिमको सहभागीता रहेको थियो  । जस्मा नेप्लीज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा शुरु भएको टुर्नामेन्टमा द हिमालयन क्लब,सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स,नर्रे किङ्स,ब्रन्सवीक ब्लुज,इष्टर्न वरियर्स रहेका छन् ।

टिडब्लू ब्लेक पार्कमा हुने फाइनल भिडन्तको अवसरमा फेमिली डेको समेत आयोजना गरिएको छ । विहान १० बजेदेखि शुरु भएको फेमेली डे अपरान्ह ४ बजेसम्म जारी रहने छ । क्रिकेट प्रतियोगीताको फाइनल भिडन्तसँगै फेमिली डेमा विभिन्न आकर्षक कार्यक्रमहरु समेत रहने भएकोले उल्लेख्य संख्यामा मेलबर्नवासी नेपालीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

Comments

comments