काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशन अन्तर्गत शुक्रवारदेखि सुरु भएको बन्दसत्रमा शनिवारबाट तीन वटा प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा अहिले केही समयलगत्तै सुरु हुने बन्दसत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलको नीति तथा कार्यक्रम, महामन्त्री र कोषाध्यक्षको अलग अलग प्रतिवेदनहरुमा छलफल हुनेछ ।
बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदन बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल जारिरहने बताइएको छ ।

यसैबीच महाधिवेशनको बन्दसत्रले कांग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ ।

यस्तै पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दै अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो ।

Comments