हराइरहेको अल्जेरियाको राष्ट्रिय ध्वजावाहक एअर अल्जेरियाको ‘एएच ५०१७’ विमानमा सवार ११६ सवार  यात्रुहरु मध्ये क्युवाकि राष्ट्रपति राउल कास्त्रोकि पुत्री समेत रहेको भन्दै ओगाडोगु एयर पोर्ट सम्बम्द वेबसाइटले आफ्नो सस्करणमा लेखे पछि संचार माध्यमहरुमा हल्ला खल्ला मच्चिएको छ |

एकाएक आफ्नो बारेमा त्यस्तो हल्ला चले पछि राष्ट्रपति पुत्री मारिएला कास्त्रोले  भेनेजुएलाको टेलीसर टेलिभिजनमा प्रत्यक्ष अन्तर्वाता दिंदै आफु सकुशल र स्वस्थ रहेको जानकारी गराएकी छिन् |

उनले भनेकी छिन् सन्चार माध्यमले आफ्नो प्रचारका लागि  म लाई समाचार बनाएको हुन सक्छ | म त्यो विमान चढेको नै छैन | यहि भनाइलाई पुष्टि गर्दै हावाना बाट नेशनल सेन्टर फर सेक्सुल एजुकेशनले उनि एक कार्यक्रम सहभागी भैरहेको जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ |

Comments

comments