काठमाडौं । शुक्रवारबाट देशभरका ८० हलमा रिलिज भएको फिल्म ‘ड्रिम्स’ले पहिलो दिन बम्पर ओपनिङ गरेको छ । ड्रिम्स लागेका अधिकांश हलमा हाउसफुल भएको थियो ।

उदाउँदा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको र अभिनेता भूवन केसीले पहिलोपटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ले प्रतीक्षित बलिउड फिल्म ‘जय गंगाजल’लाई समेत पहिलो दिन नै हलबाट निकालेको छ । काठमण्डौको गोपिकृष्ण हलको बिहानी शोमा अनमोलको यो फिल्म ४ वटा हलमा हाउसफूल भयो भने बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘जय गंगाजल’को शो नै भएन । यो फिल्म हेर्न हलमा दर्शक नगएपछि ‘ड्रिम्स’ एकलौटी चल्यो ।

यो बाहेक देशभरका ८० वटै हलमा फिल्मको व्यापार विहानैदेखि आक्रामक रह्यो । मल्टिप्लेक्समा पनि शुक्रबार २ बजेपछि दर्शकको चाप उल्लेख्य रह्यो । यस्तै देशभरी नै सिंगल थिएटरमा ड्रिम्स हाउसफूल भएको बताइएको छ । शनिवार अझ दर्शकको फ्लो बढ्ने अपेक्षा गरिएको छ ।

Comments

comments