काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको छ ।

भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको कांग्रेसको बन्दसत्रले विधानमा रहेको अञ्चलको व्यवस्था संशोधन गरेर प्रदेशको व्यवस्था गरेको प्रस्ताव पारित गरेको हो ।

यसैबीच शुक्रवारको बन्दसत्रमा तीन प्रतिवेदन पेस भएका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेलको तर्फबाट नीति तथा कार्यक्रम महेश आचार्यले पेश गर्नुभएको छ ।

यस्तै महामन्त्री र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि शुक्रवार नै बन्दसत्रमा पेस भएको छ । महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीको र चित्रलेखा यादवले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । पेस गरिएका प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले छलफल गर्ने कार्यसूची छ ।

बन्दसत्रमा शुक्रवारको सत्र स्थगित भएको छ । अर्को सत्र शनिबार ९ बजे देखि सुरु हुनेछ। जसमा पहिलो सत्र ९ देखि १२ बजे सम्म र दोस्रो सत्र २ देखि ६ बजे सम्म चल्ने छ ।

Comments