मेलबर्न । अष्ट्रेलियामा रहँदै आउँनुभएका सर्जक तथा पत्रकार भीमसेन सापकोटाको नवीनतम् काव्यकृति प्रश्नमा ईश्वर मार्च ५ अर्थात शनिवार सिड्नीमा लोकार्पण हुँदैछ ।

फिजीको लागि सद्भावनादूत समेत रहेका सापकोटा अन्तराष्ट्रिय बजारमा नेपाली भाषा,कला र साहित्यको विस्तार र प्रवद्र्धनमा सक्रिय हुनुहुन्छ । उहाँले काव्य साधनाकै लागि नेपाल सरकारका तर्फबाट भानु स्वर्ण पदक समेत प्राप्त गर्नुभएको थियो । प्रश्नमा ईश्वर काव्यकृतिलाई सर्जक सापकोटाले आफूले सीधै वक्न नसकेका सत्यहरुको झुप्पाको संज्ञा दिनुभएको छ ।

सो पुस्तक काठमाण्डौ र अस्ट्रेलियामा मार्च ५ तारिख शनिवार एकै साथ लोकार्पण हुँदैछ । अस्ट्रेलियाको सिड्निमा हुन लागेको विश्वकाव्य गोष्ठीमा सो पुस्तक विमोचन हुन लागेको हो । उक्त गोष्ठीमा १३ राष्ट्रका २० विशिष्ट साहित्यकारहरू भेला हुँदैछन् ।

यस्तै काठमाण्डौमा समेत मुर्धन्य साहित्यकारहरूवीच यो ‘प्रश्नमा ईश्वर ” लोकार्पण हुने कार्यक्रम रहेको छ ।

Please follow and like us:

Comments