काठमाडौं । विहीवारदेखि शुरु नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

बन्दसत्र सुरु नहुँदै नेतृत्वको लागि प्रतिष्पर्धा तीव्र भएपछि नीति तथा कार्यक्रममाथिको छलफल ओझेलमा पर्ने देखिएको छ । नेताहरु आआफ्नो समूहमा बाँडिएर चुनावी प्रचार गर्न व्यस्त छन् । बिहीबारदेखि उम्मेदवार मनोनयन दर्ताको क्रम बढेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले बिहीबारनै उम्मेदवारी दर्ता गरिसकेको छ । कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि शुक्रबार मनोनयन दर्ता गर्ने तयारी गरेको छ । मनोनयन दर्ता समय दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ ।

सभापतिका दावेदार पौडेल, देउवा र सिटौला तीनैजना मनोनयन दर्ता नहुँदै उम्मेदवारहरु मतदातालाई रिझाउन व्यस्त छन् ।
संस्थापनबाटै दुई समूह भिडेकाले देउवा समूहले आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ भने पौडेल र सिटौला समूह पनि आफ्नो पक्षले जित्नेमा ढुक्क छ । कांग्रेसको विधान अनुसार निर्वाचनको पहिलो चरणमा सभापतिका कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । त्यसो नभएमा फेरि दोस्रो चरणमा चुनाव हुन्छ ।

Comments

comments