काठमाडौं । मधेसी मोर्चाका नेताहरु फेरि नयाँ दिल्ली जाने भएका छन् ।

आफनो माग प्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै मोर्चाले बुधबार तेस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । त्यही आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थित शीर्ष नेता आगामी साता पुनः भारतको नयाँ दिल्ली जाने तयारी गरिरहेका छन् ।

मोर्चाका संयोजक एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनुभएको हो । भारतको नयाँ दिल्लीमा कार्यक्रम भएकाले आफूहरु जाने तयारी भएको उहाँले बताउँनुभयो ।

Please follow and like us:

Comments