काठमाडौं । के तपाई जंक इमेल खोल्दै नखोली डिलेट गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाईले यी अष्ट्रेलियाली लेखिकाको अनुभव पढ्नैपर्छ । उनको अनुसार जंक ईमेल नपढी डिलेट गर्ने बानीले कहिलेकाहीं लाखौं रुपैयाँ हातबाट उम्किन सक्छ । जसरी उनले समेत हजारौं डलर झण्डै उम्काएकी थिइन् ।

हेलेन गार्नर नामकी अष्ट्रेलियाकी यी चर्चित लेखिकाको जंक इमेलमा एकदिन उनले २०७,६३३ डलरको साहित्यिक पुरस्कार जितेको इमेल आयो । उनले यसलाई सामान्य रुपमा लिइन् र डिलेट गरेर इनबक्सलाई क्लिन गर्ने सोचाइ बनाइन् । तर डिलेट गर्नु अघि उनमा अलिकति आशंका उठ्यो मनमा । न यो इमेल साँच्चिकै पो हो कि ? यही आशंकाले उनले इमेल डिलेट नगरी दिइएको ठेगानामा सम्पर्क राखिन् । नभन्दै उनी यले युनिभर्सिटीले हरेक वर्ष प्रदान गरिदै आएको प्रतिष्ठित साहित्यिक पुरस्कारका लागि छनौट भएकी रहेछिन् ।

तीन वर्ष अघि उपन्यासकार डोनाल्ड वीन्धामले स्थापना गरेको उक्त वीन्धाम क्यापेल पुरस्कारबाट पुरस्कृत भएकी लेखिका हेलेनको यो अनुभव पढिसकेपछि अब जंक इमेल डिलेट गर्नु अघि एकपटक अवश्य चेक गर्नैपर्ने पाठ सिकाएको छ ।

Comments

comments