काठमाडौँ । भूकम्प गएको ११ महिनापछि क्षतिग्रस्त घर पुनर्निर्माण अनुदान वितरण कार्यविधि स्वीकृत भएको छ।

मन्त्रिपरिषद्को बैठकले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको अनुदान वितरण कार्यविधि स्वीकृत गरेको हो।

भूकम्पबाट क्षतिग्रस्त घर बनाउन पीडितले अब प्रतिघर २ लाख रुपैयाँ अनुदान पाउनेछन्। फागुन अन्तिमदेखि अनुदान वितरण गर्ने सरकारको तयारी छ।

Comments