काठमाडौं । इण्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इण्डोनेशियाको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार बुधवार बेलुकी ७ बजेर ४० मिनेटमा गएको भूकम्प ७ दशमलव ९ म्याग्निच्यूट मापन गरिएको विविसीले जनाएको छ ।

युएस जियोलोजिकल सर्भेले सुरुमा भूकम्पलाई ८.२ म्याग्निच्यूटको भने पनि पछि ७.९ मापन भएको जनाएको हो । सुमात्रा प्रायदिपमा गएको  भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा तथा आचे क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पको इपिसेन्टर जमिनदेखि ८ दशमलव ८ किलोमिटर तल रहेको समाचारमा उल्लेख छ । इण्डोनेसियामा शक्तिशाली भूकम्प गएपछि अष्ट्रेलियाले पनि सुनामी आउँन सक्ने भन्दै चेतावनी दिएको छ । उसले आन्ध्रा महासागरको कोकोज महाद्धिप र क्रिसमस महाद्धिपमा सुनामी आउँन सक्ने चेतावनी दिएको हो ।

अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआए पनि ठूलो मात्रामा धनजनको क्षति भएको अनुमान गरिउको छ सन् २००४ मा पनि ८ दशमलव ९ म्याग्निच्यूटको महाभूकम्पपछि आएको सुनामीबाट दुई लाख जनाभन्दा बढीको मृत्यु भएको थियो ।

Comments

comments