काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.वावुराम भट्टराईले नयाँ शक्तिले चाँडै नेपाली जनतालाई नयाँपनको अनुभूति दिलाउने वताउनुभएको छ ।

नयाँ शक्ति नेपालले स्वदेशी लगानी र उत्पादनलाई प्राथमिकता दिने उहाँले स्पष्ट पार्नुभएको छ ।

मंगलवार नयाँ शक्तिको केन्दीय कार्यालय ववरमहलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्राईले सरकारी कार्यालयलाई जनमैत्री वनाउन नयाँ शक्ति नेपालका सम्पूर्ण जिल्ला कार्यालयमा हेल्प डेस्क राखिने वताउनुभयो । यसरी हेल्प डेस्क राख्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उहाँले दावी गर्नुभयो ।

उहाँले नयाँ शक्ति नेपालले कार्यकर्तावाटै चन्दा संकलन गरेर आत्मनिर्भर वन्ने लक्ष्य राखेको जानकारी समेत दिनुभयो । चन्दा संकलन गर्दा पनि निश्चित मापदण्ड अनुसार संकलन गर्ने र जवरजस्ति संकलन नगरिने उहाँले प्रष्ट पार्नुभयो ।

नयाँ शक्ति नेपालले पत्रकार सम्मेलन मार्फत चन्दा संकलनका विषयमा निश्चित विधि र सीमा निर्धारण गरेको छ । जस अनुसार सदस्यता शुल्क रु १०० तोकिएको छ । त्यसैगरी गाउँ परिषदको सदस्यको उमेदवारले रु २००, नगरपालिका सदस्यका लागि रु ५००, जिल्ला परिषदका लागि रु २ हजार र केन्दीय परिषदका लागि रु ५ हजार शुल्कको व्यवस्था गरिएको छ । साथै नयाँ शक्तिले एक आर्थिक वर्षमा व्यक्तिवाट वढिमा ५० हजार र संस्थावाट २ लाख भन्दा वढि चन्दा संकलन नगरिने स्पष्ट पारेको छ ।

त्यस्तै नयाँ शक्ति नेपालले आफ्ना विभिन्न नेताहरुलाई विभिन्न विभागको जिम्मेवारी समेत प्रदान गरेको जानकारी दिएको छ ।

Please follow and like us:

Comments