मेलबर्न । भिक्टोरियामा आज विहान धमाकेदार विस्फोट भएको छ । अष्ट्रेलियन सुरक्षा बलका लागि ग्रिनेड र बारुद्ध बनाउँने कम्पनीमा मंगलवार विहान ७ः२० बजे धमाकेदार विस्फोट भएको हो ।

विस्फोटमा परी करिब १०० मिटर माथिसम्म मालसामानहरु उछिट्टिएको थियो । विस्फोटबाट कोही हाताहात नभएको प्रहरीले प्रष्ट पारेको छ । उद्योगको प्रोडक्सन लाइनमा विस्फोट भएको बताइएको छ । उक्त उद्योगमा आकस्मिक मिसाइल आक्रमणबाट बचाउँन प्रयोग गरिने हतियारका लागि आवश्यक ग्रिनेड र बारुद उत्पादन हुँदै आएको छ ।

विस्फोट लगत्तै त्यहाँ कार्यरत ३० जना कामदारहरुलाई सुरिक्षत रुपमा बाहिर निकालिएको थियो भने त्यहाँ रहेको अग्नि नियन्त्रण मेसिनबाट तुरुन्तै आगो नियन्त्रण गरिएको थियो ।

‘यति ठूलो विस्फोटबाट पनि कोही हाताहाती भएन,यही नै हाम्रो लागि ठूलो कुरा भयो’,केमरिङ नामक उक्त उद्योगका प्रवक्ता क्रिस आइज्याकले समाचार एजेन्सीलाई बताए ।

Comments