मेलबर्न । यति फुटबल क्लबको आयोजनामा यो वर्ष पनि मेलबर्नमा छैटौं एमआइटी कप नेशनल फुटबल च्याम्पियनसीप हुने भएको छ ।

उक्त नेशनल फुटबल च्याम्पियनसीप यही मार्च १२ र १३ गते क्लिफ्टन पार्क,ब्रुन्सवीकमा हुने आयोजक यतिएफसीले जनाएको छ । यो टुर्नामेन्टलाई मोरल्याण्ड काउन्सिलले समेत मान्यता प्रदान गर्नुको साथै खेल मैदानको व्यवस्था समेत गरिदिएको छ । विशुद्ध पारिवारिक माहोलमा सम्पन्न हुने एमआइटी कप नेशनल फुटबल च्याम्पियनसीपमा विभिन्न उमेर समूहका टिमहरुको सहभागीता रहनेछ ।

फुटबल मात्र नभई महोत्सवको रुपमा समेत आयोजना हुने यस टुर्नामेन्टको अवसरम जम्पिङ क्यासल,फेस पेन्टिङ,फुटबल क्लिनिक र विभिन्न नेपाली खानाहरुको स्टल समेत रहनेछ ।

यसलाई एमआइटी,कँडेल कन्सल्टेन्सी,एभरेष्ट भ्यू टुर्स एण्ड ट्राभल्स,द काठमाण्डु कटेज र ओजेड च्वाइस फाइनान्स,मदिना मिट एण्ड पोल्ट्री,पुट अन स्टाइल,डिसी कलर इफेक्ट र हाइ केयर फिल्टरले संयुक्त रुपमा प्रायोजन गरेको छ ।

भिक्टोरियावासी नेपाली समुदायमा विग इभेन्टको रुपमा रहँदै आएको यस एमआइटी कप फुटबल टुर्नामेन्टको अफिसियल मिडियाको रुपमा हिमालयन कङ्गारुले सहकार्य गर्दै आएको छ ।

Comments

comments