–दीपेन्द्र दोङ तामाङ

थाहा छ,यो सोमवार फेब्रुअरी २९ तारिख हो । यदि तपाईलाई कसैले यसो भनिदिनुभयो भने तपाईले सामान्य मानिदिनुहुन्छ होला । तर तपाईलाई जानकारी नहुन सक्छ कि यो दिन अर्थात फेब्रेअरी महिनामा २९ दिन देख्न तपाईले चार वर्ष कुर्नु पर्छ । किनभने साधारणतय फेब्रुअरीको महिना २८ दिनको हुन्छ । तर हरेक चार वर्षमा पर्ने लिप इयर अर्थात अधिक वर्षको बेला फेब्रुअरीमा एक दिन थपेर २९ दिनको हुन्छ ।

यो वर्ष पनि लिप इयर परेकोले आज फेब्रुअरी २९ परेको हो । यो विशेष दिनको सम्मानमा विश्व प्रसिद्ध सर्च इन्जिन गुगलले आज आफ्नो डुडुलमा यसैलाई प्रयोग गरेको छ । त्यही भएर आज तपाईले गुगल पेज खोल्ने वित्तिकै एउटा खरायो दौडिएर आएको मोशन ग्राफिक्स देख्नुभयो होला ।

लिप इयर कसरी हुन्छ ?

हरेक चार वर्षमा फेब्रुअरी महिनाको अन्तमा एक दिन थपिन्छ । यसैलाई हामी लिप इयर भनिन्छ ।
सौर्य प्रणाली अनुसार पृथ्वीले सूर्यको पूर्ण परिक्रमा गर्न ३६५ दशमलव २४२२ दिन लगाउँछ । तर हामी ३६५ दिनको एक वर्ष मान्छौं । त्यसरी जम्मा भएको दशमलव पछिको समय जम्मा भएर हरेक चार वर्षमा २४ घण्टा हुन्छ । त्यसैले एक दिन थपेर हरेक चार वर्षमा लिप इयर पर्दछ ।

फेब्रुअरीमा किन थोरै दिन हुन्छ ?

Gregoryजुलियन क्यालेन्डर अनुसार सबै महिनामा ३० अथवा ३१ दिन हुन्छन् तर फेब्रुअरीमा भने २८ दिन मात्र हुन्छ । यो तत्कालीन रोमन शासक सिजर अगष्टको व्यक्तित इगोका कारण भएको इतिहासमा उल्लेख छ ।

सिजर अगस्टभन्दा अघिल्लो शासक जुलियस सिजरको शासनकालसम्म फेब्रुअरीमा ३० दिन र उनको नामबाट शुरु गरिएको जुलाई महिनामा ३१ दिन र सिजर अगष्टको नाममा राखिएको अगष्ट महिनामा भने २९ दिन मात्र थियो ।

तर जब सिजर अगष्ट शासक बने तब उनले आफ्नो नामबाट शुरु गरिएको अगष्ट महिनामा दुई दिन थपेर जुलाईकै बराबरी हुने गरी ३१ दिन बनाइदिए । यसका लागि उनले फेब्रुअरीबाट २ दिन झिकेका थिए । त्यही इगोका कारण फेब्रुअरीमा २८ दिन मात्र रहँदै आएको इतिहासमा उल्लेख छ ।

Comments

comments