मेलबर्न । भिक्टोरियन नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करणको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन दी हिमालयन क्लब र सगरमाथा स्टार्स भिड्ने भएका छन् ।

हिजो सम्पन्न सेमीफाइनल खेलमा विजेता बन्दै दुवै टोली फाइनल भिडन्तका लागि आमनेसामने भएका हुन् । पछिल्लो दुई वर्ष लगातर विजेता बन्दै ट्रफी उचाल्दै आएको दी हिमालयन यसपटक ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

उता सगरमाथा स्टार्स पनि पहिलोपटक उपाधि उचाल्दै न्याभ कपमा दी हिमालयनको वर्चस्व तोडिदिने योजना छ । दुवै टोलीको उत्कृष्ट प्रदर्शनले यसपटकको फाइनल भिडन्त अझ रोमाञ्चक हुने विश्वास गरिएको छ । फाइनल खेल आगामी आइतवार अर्थात मार्च ६ तारिखका दिन टिडब्लु ब्लेक पार्कमा हुँदैछ ।

nav himalayanहिजो भएको पहिलो सेमी फाइनल खेलमा दी हिमालयन क्लब सगरमाथा रेनेगेड्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । हिमालयनले मात्र २ विकेटको क्षतिमा २३० रन जोडेको थियो । उता सगरमाथा रेनेगेड्सले ५ विकेट खर्चेर पनि जम्मा १४९ रनमा मात्र सीमित रहेपछि हारलाई आत्मसात गर्यो ।

यस्तै दोस्रो सेमीफाइनलमा सगरमाथा स्टार्सले ८ विकेटको शानदार जित हासिल गर्यो । इष्र्टन वारियर्सले सबै विकेट गुमाएर दिएको १३४ रनको लक्ष्य सगरमाथाले मात्र दुई विकेट खर्चेर पूरा गरेको थियो ।

Comments

comments