काठमाडौँ । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेकोे छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । केही हप्तादेखि लगातार बढेको सनुको भाउ आइतबार घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

comments