मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत जीलङमा शनिबार आयोजित पाको फेष्टिभलमा नेपाली समूदायले पनि सहभागिता जनाएको छ ।

pako 1नेपाली मौलिक भेषभूषा, पहिरन र बाजागाजासहित सहभागी भएका नेपाली समूदायका सदस्यहरुले विभिन्न प्लेकार्डसमेत बोकेका थिए । कार्यक्रममा अतिथिको रुपमा वाणिज्य तथा बहुसांस्कृतिक सम्बन्ध मन्त्री रविन स्कट सहभागी भएका थिए ।

pako 2नेपाली समूदायको तर्फबाट अतिथिहरुलाई खादा लगाएर विशेष रुपमा स्वागत गरिएको थियो । परेडमा सहभागीहरुले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने भावका प्लेकार्ड बोकेका थिए ।

pako 3त्यस अवसरमा नेपाल शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो हो भन्ने नाराका साथै समूदाय समूदायबीचको एकतामा पनि जोड दिइएको थियो ।

pako 4पाको फेष्टिबलमा बहुसांस्कृतिक शहर मेलबर्न र पूरै भिक्टोरिया राज्यमा बसोबास गर्ने विभिन्न समूदायका व्यक्तिहरुले सहभागीता जनाएका थिए । शनिबार विहान १० बजेबाटै सुरु भएको महोत्सवमा नेपाली टोलीले हातमा नेपाली झण्डा बोकेर परेड गरेको थियो । यहाँको बहुसांस्कृतिक पक्षलाई उजागार गर्ने उदेश्यले पाको फेष्टिभल विगत ४० वर्षदेखि आयोजना हुँदै आएको छ ।

pako 5परेडपछि आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा नेपाली समूदायको तर्फबाट तीनवटा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

pako 8अष्ट्रेलिया एक बहुसांस्कृतिक मुलुक हो र त्यसमा पनि भिक्टोरिया राज्यलाई बहुसंस्कृतिको राजधानी नै मान्ने गरिन्छ । यहाँ बसोबास गर्ने विभिन्न समूदायले आफ्नो कला, संस्कृति, भाषा र भेषभूषालाई संरक्षण गर्न सहयोग पुग्ने उद्देश्यले यो परेड आयोजना गर्ने गरिएको छ ।

pako 9

Comments

comments