तुलसीपुर । सभामुख ओनसरी घर्तीले नीति र विधि निर्माण गरी संविधान कार्यान्वयन गर्ने बताएकी छन् ।

रिपोर्टर्स क्लब दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले धैर्य गर्नुपर्ने बताए ।

नाकाबन्दी लगभग खुलेको र असन्तुष्ट समूहसँग सरकारले थालेको वार्ता सकारात्मक बन्दै गएकाले नयाँ संविधान कार्यान्वयन पाटो सहज बन्दै गएको सभामुख घर्तीको भनाइ थियो ।

सभामुख घर्तीले भनिन्,-“हामी सबैले धैर्य गरौँ, आशा गरौँ अनि विश्वास गरौँ । यिनै राजनीतिक दलले संविधान निर्माण गरेका हुन् । कार्यान्वयन गर्न पनि त्यसैगरी लाग्ने छन् ।”

“मधेसवादी दलको असन्तुष्टि अझै पूर्ण रुपमा सम्बोधन भइसकेको छैन, त्यसका लागि सबै दलसँग समन्वय भइरहेको छ”-उनले भनिन् । रासस

Comments