मेलबर्न । अष्ट्रेलिया प्रहरीले सर्भिस स्टेशनमा चक्कु देखाएर लुटपाट गर्ने असफल प्रयासमा संलग्न एक जना महिला लुटेराको व्यापक खोजी जारी राखेको छ ।

ती महिलाले होप आइल्याण्डस्थित एक सर्भिस स्टेशनमा शुक्रवार कर्मचारीलाई चक्कु देखाएर धम्की दिई नगद लुट्ने प्रयास गरेकी थिइन् । विहान ५ बजेपछि ब्रोडवाटर एभ स्टोरमा छिरेकी ती महिलाले चक्कु देखाउँदै क्यास काउन्टरका कर्मचारीसँग नगद मागेकी थिइन् । तर कर्मचारीले दिन नमानेपछि उनी आफैं फरार भएकी थिइन् । घट्नाबाट कोही पनि हाताहती नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त महिलाको हुलिया विवरण सहित सिसी टिभी समेत सार्वजनिक गर्दै खोजी कार्य जारी राखेको छ ।

Comments

comments