काठमाडौँ । २०६८ सालदेखि भण्डारमा थन्काइएका विभिन्न कपडा र शृंगार सामग्री सेभिनियर पसल खोलेर बिक्री गर्न लागिएको हो। यसका लागि कोषले शनिबारदेखि सामग्री सूचीकृत गर्ने भएको छ।

कोषले २०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावली बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरकै भण्डारमा राख्दै आएको थियो।

पशुपतिनाथ मन्दिर तथा गुठी व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले चढाइएका जिन्सी सामग्री मन्दिरको पश्चिम द्वारछेउमा सोभेनिय पसल सञ्चालन गरी बिक्री गर्न लागिएको बताए।

Comments