काठमाडौँ । कांग्रेस संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षवाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ। संस्थापन पक्षमा ठाउँ नपाएपछि केसी देउवा पक्षमा गएर महामन्त्रीको उम्मेदवार हुन लागेका हुन्।

उनका ज्वाइँ युवा नेता गगन थापा पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने भएका छन्। थापाले पनि आफ्नो तयारी तीब्र पारेका छन्। थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी तयारी गरेका हुन्।

देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन्। ‘अब थापा पछि हट्ने अवस्थामा पनि छैनन्, अघि बढ्न पनि पारिवारिक तनाव छ, उनी निकट स्रोतले भन्यो।’ यी दुवैले एक अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन्।

थापाले आफू कुनै प्यानलमा परे नेता केसीले आफूलाई नै छोडिदिने संकेत आएको बताउँदै आएका छन्।

Please follow and like us:

Comments