काठमाडौं । अहिले सबैको दैनिकी नै बनिसकेको सामाजिक सञ्जालमा पछिल्लो केही दिन यतादेखि एउटा गजबको परिवर्तन भएको छ । अथवा फेसबुकले आफ्ना युजरहरुको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै केही अप्सन थपेको छ जुन् आफैंमा गजबको छ । यसबारे तपाईले थाहा पाउँनुभयो त ?

लामो प्रतीक्षापछि फेसबुकले आफ्नो लाइक अप्सनमा नयाँ सुधार गरेको हो । पहिले जुनसुकै फोटो वा स्टाटस लगायतका गतिविधि भए पनि लाइक मात्र थिचेर प्रतिक्रिया दिनुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता फेसबुकले हटाइदिएको छ । अब युजरहरुले आफ्नो रियाक्सन अनुसारको प्रतिक्रिया जनाउँन पाउँने भएका छन् । फेसबुकले पछिल्लो पटक विभिन्न भाव जनाउँन सकिने पाँच थरीको प्रतिक्रिया बटन थप गरेको हो । जसमा मुटु,हाँसिरहेको मुहार,आश्चर्य भएको मुहार,दुखी मुहार,रिसाएको मुहार र पहिलेदेखिकै बूढी औंला उठाएको चित्रयुक्त बटनहरु रहेका छन् ।

योसँगै अब आफ्नो भाव मिल्ने गरी साथीको गतिविधिमाथि प्रतिक्रिया जनाउँन पाउँने भएको छ ।

Comments