मेलबर्न । एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया एनएनएले अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउँने तयारी गरेको छ ।

नारी समुदायको हीतका लागि क्रियाशील रहँदै आएको एनएनएले यही मार्च ६ मा आयोजना गर्न लागेको कार्यक्रम महिलामाथि हुने घरेलु हिंसा र मानसिक यातना विरुद्धको जनचेतनामा केन्द्रीत रहने बताइएको छ । उक्त कार्यक्रममा चर्चित अधिवक्ता तथा लेक्चरर पल्लवी सिंह र वरिष्ठ मनोविज्ञ डा घनाश्याम चपागाइँ प्रमुख वक्ताका रुपमा रहनेछन् ।

कार्यक्रम अन्तक्र्रियात्मक रहने आयोजकले प्रष्ट पारेको छ ।

Comments

comments