काठमाडौं । पछिल्लो समय पूराना नायक भुवन केसीको चर्चा बढ्दो छ । लामो समय अभिनेताको रुपमा छाएका उनी अब निर्देशक समेत बनेपछि चर्चा बढ्नु स्वभाविकै हो । उनको पहिलो निर्देशकीय चलचित्र ड्रिम्सको प्रदर्शन मिति नजिकिएसँगै भुवनको चर्चा झनै बढेको छ ।

भुवन आफ्नो व्यानरको चलचित्र रिलिजको सेरोफेरोमा अनेक विवाद र स्क्याण्डल रचेर मिडिया र दर्शकको ध्यान आफूतिर केन्द्रीत गर्न माहिर मानिन्छ । विगतमा करोडपति,नेपालीबाबु,म तिमी विना मरिहाल्छु नि लगायतका गृह प्रोडक्सनका चलचित्रहरु प्रदर्शन गर्ने क्रममा पनि भुवनले अनेक स्क्याण्डल रचाएका थिए । सुपर स्टार नामक चलचित्रमा त उनले निर्देशक अनिश कोइरालालाई सबै काम गर्न लगाएर निर्देशकको नाम कतै उल्लेख नगरी अनौठो स्क्याण्डल मच्चाएका थिए ।

संयोग के छ भने भुवनलाई यस्ता स्क्याण्डलहरु निकै फलिफाप सावित हुने गरेका छन् । त्यसैले पछिल्लो चलचित्र ड्रिम्सको निर्माणताकादेखि नै भुवनले विभिन्न स्क्याण्डल मार्फत आफूलाई शोविज मिडियको हेडलाइन बनाउँदै आएका छन् । पोखरााको फुलवारी रिसोर्टमा शुटिङको लाखौं रुपैयाँ नतिरेपछि उनको कार खोसेर राखेको लगायतका स्क्याण्डल भुवनका लागि फाइदाजनक नै रहँदै आएको छ ।

पछिल्लो पटक भने भुवनले आफूलाई ठगको उपनाम दिन लगाएर अर्को स्क्याण्डल मच्चाएका छन् । यसमा उनलाई उनकै विजनेश पार्टनर रवि बस्नेतले साथ दिएका छन् । अर्को साता ड्रिम्स रिलिजको तयारीमा रहँदा भुवन र रविबीचको विजनेश लफडा सार्वजनिक भएको हो ।

चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने निर्माता रवि बस्नेतले भुवन केसीले आफुमाथी अन्याय गरेको भन्दै न्यायका लागी अपराध अनुसन्धान महाशाखा, सुचना तथा संचार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र चलचित्र विकास बोर्ड गुर्हान पुगेपछि यो लफडा सतहमा आएको छ ।

निर्माता वस्नेतले यी४ वटा निकायमा पेश गरेको निवेदनमा आफू ठगीएको भन्दै न्याय दिलाईदिन माग गरेका छन् । साथै उनले चलचित्र ड्रिम्सको प्रर्दशन रोक्न पनि माग गरेका छन् । चलचित्र ड्रिम्स यही फागुन २१ गते रिलिजको तयारीमा छ ।
यता भुवनले भने आफूहरुबीच सम्झौता भएको सत्य भए पनि चलचित्र ड्रिम्सका लागि नभई ड्रिम गर्लका लागि भएको प्रष्टीकरण दिएका छन् । चलचित्र ड्रिम्सको रिलिजको मूखैमा आएर मात्र यस्ता विवादहरु सतहमा आउँनुले भुवनलाई बुझेका फिल्म पण्डितहरुले यसलाई पनि सुनियोजित प्रचारवाजी मात्र भनेका छन् ।

अब हेर्न बाँकी छ भुवनको यो हदसम्मको पब्लिसिटी स्टन्टले हिट फिल्मका निर्देशक बन्ने उनको ड्रिम्स पूरा हुन्छ कि हुँदैन ।

Please follow and like us:

Comments