काठमाडौं । बाबुआमा भगवानका रुप हुन जसले आफनो सन्तानका लागि सदैब भलो चाहन्छन र जीवनभर तिनैको लालनपालनमा जीवन समर्पित गर्छन । तर तिनै सन्तान भने सम्पतिका स्वार्थमा निर्दयी बन्छन भन्दा कस्लाई पत्यार लाग्दा । तर काठमाडौंमा भएको एक घटनाले माता पितामाथि सन्तानको परिभाषा फेर्नु पर्ने अवस्था समेत सिर्जना गरेको छ ।

माघ २० गते काठमाडौंको पुरानो शहर टोखाको साङलेखोलामा एक विवाहित छोरीले आफनै बाबुको निर्ममपुर्वक हत्या गरेका छन । आफ्नो आमा र दाजुको समेत हत्या गर्ने उनको प्रयास भने असफल भएको छ । संगिता महर्जन पाण्डेले दाइजो नदिएको आक्रोसमा टोखा नगरपालिका ११ मा बस्ने माइला महर्जन भनिने आफनै बाबुको निर्ममपुर्वक हत्या गरेकी हुन जसले आफनै आमा र दाजुलाई समेत सिद्धयाउने योजनाको प्रयास गरिन । आफनै रोजाइको युवकसंग परिवारको अनुमति विना अन्र्तजातीय बिवाह गरेकी संगिता महर्जनले आत्मनिर्भर बन्न व्युटी पार्लर व्यवसाय सञ्चालन गरेका तर आर्थिक अभावले त्यस्लाई अघि बढाउन नसक्दा बुबालाई दाइजो स्वरुप रकम माग्दा नदिएपछि यो समाजले पनि पचाउन नसक्ने र पचाउन नचाहने घटना घटेको हो । रकम नपाएपछि संगिताले श्रीमान सन्तोष पाण्डेसहित हरि, बिक्रम, सुर्य, सन्तोष थापा, धिरज तामाङ, पुर्ण तामाङको सहयोगमा आफनो बाबुआमा र दाजुको हत्या योजना बुनेको प्रहरी अपराध अनुसन्धान महाशाखाका डि.एस.पी. दिपक रेग्मीले बताउनुभयो । उँहाले हत्या गर्नेहरु कोही पनि पेशेवर नभएको पनि प्रष्ट पार्नुभयो ।

आफनो सन्तानका लागि जिवनमा अनेकौँ दुखदायी संघर्ष गरेका एक बाबुआमाले बिहे भएर गएकी छोरीलाई सफल र सुखी जिवन जिउन आर्शीबाद दिएका हुन्छन तर तिनै छोरीबाट हत्या गरिनु निकै फरक र अकल्पनीय घटना भएको प्रहरी अपराध अनुसन्धान महाशाखाका एस पी सहकुल थापाले बताउनुभयो । उँहाले संगितेले हत्या गर्नु अघि पैसा निकाल्नको लागि बाबुको नाममा रहेको जग्गाको लालपुर्जा लगेको तर बैंकले अर्काको नाममा भएको जग्गाको लालपुर्जा धितोमा राख्न नमिलेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

आफ्नो परिवारलाई भन्दा प्रेमलाई नै सर्वोपरी मानेकी संगितालाई कानुनले कसैलाई पनि छाडदैनन भन्ने थाहा हुदाँहुदै पनि व्युटी पार्लरका लागि बाबुको हत्या गरिन । समाजले सहन नसक्ने यो घटनाका लागि संगीता स्वतः सजायकी भागिदार छ नै , त्यो भन्दा बढी उनी समाजबाट समेत सदैव वहिष्कृत हुने छिन अब ।

Comments

comments