दुई हप्ता यता भैरहेको लडाँइमा हालसम्म कम्तीमा ६ सय ४९ प्यलेस्टीनी र ३२ इजरेली सैनिक मारिएको समाचार सार्वजनिक भैरहँदा संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा इजेरलको युद्ध अपराध बढेको शंका गरेको छ | जिनेभामा रहेको राष्ट्रसंघिय मानवअधिकार काउन्सिलले गाजामा भएको भनिएको युद्धअपराधबारे छानविन गर्ने निर्णय गरेको छ।

Palestinians take cover as warning Israeli air strikes are fired at a nearby building in Gaza City

हिजो बुधबार मात्रै  पाच हजार प्यलेस्टिनीहरु इजरेली सैनिकले स्थल कारबाही तिब्र बनाए पछी खुजा गाउँबाट भागेको बिबिसीले जनाएको छ । इजरेली सैनिकले स्थल तथा हवाई कार्वाहि तीव्र पारेपछि गाजामा थप भीषण लडाँइहरु भैरहेका छन्। गोलाबारीमा क्षतिग्रस्त भएपछि गाजाको एक मात्र विद्युत उत्पादन केन्द्र बन्द भएको छ। ( तस्विर : एजेन्सी)

इजरेल अत्याचार  विरूद्ध फ्रान्समा समेत प्रदर्शन  
इजरेल  र प्यालेस्टिनीबिचको आक्रमण तिब्र भएका बेला ईजरायलीहरुले अत्याचार गरेको भन्दै पेरिसमा  प्रदर्शन गरिएको  । झन्डै २५ हजार नागरिकहरु प्यालेस्टिनको समर्थनमा उत्रेर ईजरायली अत्याचार, दमन र हत्याको  बिरोध गरेको अनलाइन संस्कारण नेपाल प्लसले जनाएको छ  । ( तस्विर: नेपाल प्लस)palestine-2753716-jpg_2388101

Comments

comments