मेलबर्न । दिदीबहिनी समाज भिक्टोरिया अष्ट्रेलियाले यस वर्षको नारी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ ।

नारी दिवसलाई महिलाहरुले पुरुष सरहको समानताको हैसियत पाएको विशेष दिनको रुपमा लिदै दिदीबहिनी समाज भिक्टोरियाले विगतका वर्षहरुमा पनि नारी दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रम नेपाली समुदायमा महिलाहरुको उपस्थिति,उनीहरुले हासिल गरेका उपलब्धी र बाँकी रहेका चुनौतिहरुको सामनाका विषयमा छलफल तथा अन्तक्र्रिया समेत हुनेछ ।

अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्मका लागि तय गरिएको कार्यक्रम मेलबर्न,भिक्टोरिया ३००० स्थित २८–३२ एलिजावेथ सेन्टमा हुनेछ ।

Comments