मेलबर्न । यतिखेर अष्ट्रेलियाको न्यू साउथ वेल्स निवासी एक महिला र उनको छोरा सामाजिक सञ्जालहरुमा भाइरल बनेर छाउँदैछन् । घट्ना गत शुक्रवारको हो । राति ती महिला मस्त निन्द्रामा थिइन् । अचानक सँगै सुतिरहेको सानो छोरा कहालिएर रोएको आवाजले उनी ब्यूझिइन् । जब उनले आफ्नो छोरातिर हेरिन्,त्यो दृश्य र घट्ना अकल्पिनीय मात्र होइन सपना जस्तै डरलाग्दो थियो ।

किनभने एउटा अजंगको अजिंगर सर्पले उनको सुतिरहेको सर्पलाई निल्न लागेको थियो । झण्डै तीन मिटर लामो सर्पले छोरालाई रगतपाच्छे बनाउँदै निल्दै गरेको देखेर ती महिलाको होश हवास नै उड्यो । वेहोशीमै उनले त्यो अजिंगरलाई कस्सेर समातेर तानिन् र छोरालाई मुक्त पार्न सफल भइन् । अनि त्यसपछि बल्ल उनी सहयोगका लागि गुहार माग्दै कराइन् ।

ट्याम्मी नाम गरेकी ती महिलाले न्यू साउथवेल्सको म्याक्सभिल्लेस्थित घरमा आफ्नो छोरालाई सामान्य अवस्थामै ओछ्यानमा सुताएको बताइन् । तर त्यत्रो अजिंगर कसरी भित्र पस्यो भन्ने आफूले थाहा नपाएको उनले बताइन् । उनको छोराको नाम टेलर रहेको सामाजिक सञ्जालहरुमा उल्लेख छ ।

पछि उनीहरुका पारिवारिक साथी क्रेग बेकरले उक्त अजिंगरलाई मारिदिएका थिए । उनले मृत सर्पको फोटो सामाजिक सञ्जालहरुमा पोष्ट गरेपछि बल्ल यो घट्ना सार्वजनिक भएको हो । यो फोटो सामाजिक सञ्जालमा पोष्ट भएको २४ घण्टाभित्रै हजारौंले शेयर गरेका थिए ।

मिड नर्थ कोष्ट लोकल हेल्थ डिष्ट्रिक्टका प्रवक्ताले ६ वर्षीय बालकलाई गत शुक्रवार राति जिल्ला अस्पतालमा उपचारका लागि ल्याएको पुष्टि गरेको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ती बालकलाई कफ्स हर्बर अस्पताल पठाइएको थियो ।

sanke man

Photo : The Daily Telegraph

Comments

comments