काठमाडौं । म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा हिजो भएको तारा एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव आज पोखरा र काठमाडौं ल्याउँने तयारी गरिएको छ ।

पोखरामा आफन्त हुने मृतकको शव पोखरामा राखेर बाँकीको काठमाडौं ल्याउँन लागिएको हो ।

खराब मौसमका कारण हिजो शव ल्याउन सक्ने अवस्था नभएपछि आज ल्याउँन लागिएको हो । तर आज पनि विहानैदेखि मौसम प्रतिकूल रहेकोले उद्दार कार्य प्रभावित भएको छ । हिजो सुरक्षाकर्मीको उद्दार टोलीले १९ जनाका मृतक यात्रुको शव खोजी गरिसकिएको छ ।

दुर्घट्नास्थलमा वर्षा र हिमपात भएपछि हिजो उद्दार कार्य स्थगित गरिएको थियो ।
अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शवहरु टाढाटाढासम्म छरिएका छन् ।

Comments