काठमाडौं । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी संकायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले जागिर दिने भएको छ ।

अनेरास्वियु क्रान्तिकारीले बुधबार गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन विश्वविद्यालयको भविष्य’ विषयको अन्तर्क्रिया कार्यक्रममा त्रिविका उपकुलपति तीर्थराज खनियाले अबका दिनमा प्राध्यापक नियुक्त गर्दा राजनीतिक भागबन्डाले नभई प्रतिस्पर्धाका आधारमा गरिने तथा करार र ज्यालादारी प्राध्यापक नियुक्ति नगरिने स्पष्ट पार्नुभयो ।

त्रिविका रेक्टर डा. सुधा त्रिपाठीले विश्वविद्यालयको व्यवस्थापन राम्रो हुन देशमा राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो । पूर्वरेक्टर महेन्द्र सिंहले उच्च शिक्षाको नीतिमा नै परिमार्जन गरिनुपर्ने सुझाव दिनुभयो । रासस

Comments