बरिष्ठ गायिका तारा थापा क्यान्सर रोगबाट पिडित भएकी छिन्  |  उपचारार्थ भक्तपुर क्यानसर अस्पतालमा भर्ना भएकि उनको को सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पताल श्रोतले जनाएको छ । प्रत्यक्ष निगरानीमा उपचार आबस्यकता भएको ले  उनलाई केहि दिन अस्पतालमा नै राखिने बताइएको  छ ।

लोक र आधुनिक गीत सराबरी गाउन सक्ने  उनि  नेपाली सांगितक क्षेत्रमा नेपाली सुगम संगीत र लोकगीत मार्फत चर्चित छिन् । । ‘कुन बेला टेक्यौ मनको संघार,’ ‘तारी नदेऊ हे माझी दाइ,’ ‘सबैले दिने उस्तै हुन्छ माया,’ ‘फूल झरे पनि काँडा झर्दैन’ आदि उनका बहु चर्चित गीतहरु हुन् | ‘कटर कटरमा,’ ‘हाईहाई वनकाली माई,’ ‘भन फूलमाया के छ विचार’ जस्ता भाकाले पनि उति नै श्रोताहरूको मनमा वास गराइरहेका छन् ।

भारतीय गोर्खा सैनिककी जेठी छोरीका रूपमा २०१२ सालमा भारतको  बिहार स्थित राँचीमा (राँची -झारखण्ड राज्यमा पर्छ) जन्मेकी उनले प्रारम्भिक शिक्षा देहरादूनमा लिएकी हुन्  । बुवाको अवकाशसँगै काठमाडौं आएपछि उनको सांगीतिक जीवन सुरु भएको हो  । दर्जनबढी  नेपाली चलचित्रमा समेत गीत गएकी तारा थापा  पति  खगेन्द्र ‘संगम’ राई र छोराबुहारीसाथ सपरिवार काठमाडौंमा लामो समय देखि बस्दै आएकी हुन् |

हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ संग उनैले  गाएको  गीत “सय थरी बाजा एउटै चाल” आज पनी लोक प्रिय रहेको छ । राम थापा संग उनले गाएकि लोक गीतहरु श्रोताहरुले सर्वाधिक मन पराएका छन् । केहि समय अघि  गएको चैत्र महिनामा मात्र उनले आफ्नो पछिल्लो एल्बम “तारा” सार्बजनिक गरेकि छिन् । 
Tara-Thapa-final

(तस्विर: इमेज)

 

Comments

comments