एजेन्सी । बलिउड अभिनेत्री क्याटरिना कैफ मानसिक रोगको शिकार भएको खुलासा भएको छ । पछिल्लो गसिपहरुका अनुसार उनी अहिले डिप्रेसनको शिकार भएकी छिन् ।

सलमानसँग छुट्टिएर रणविरसँग प्रेममा परेपछिका अभिनेत्री क्याटरिनाको फिल्मी करियर ओरालो लागेको थियो । रणविरसँग पनि सम्बन्ध टुटेपछि उनी डिप्रेसनको शिकार बनेको समाचार एजेन्सीहरुले जनाएका छन् । डिप्रेसनका कारण हाल उनी १३–१३ घण्टा सुत्न थालेकी छन् । आफ्नो फिटनेसमा धेरै ध्यान दिने क्याटरिना पहिले जस्तोसुकै अवस्थामा पनि फिटनेसको कसरत गर्थिन् । तर अहिले त्यसमा ध्यानै नदिने गरेको समाचारमा उल्लेख छ ।

मनोवैज्ञानिकहरुले क्याटरिनाको यस कामलाई ’पोस्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । जसका अनुसार मानिस आफ्नो विचारबाट टाढा रहन आवश्यकता भन्दा बढी सुत्ने गर्छन् ।

गत वर्ष अर्की अभिनेत्री दिपिका पादुकोणले पनि कामको दबाबका कारण आफू डिप्रेसनको सिकार भएको स्वीकार गरेकी थिइन् । हाल उनी सामान्य दैनिकीमा फर्किसकेकी छिन् ।

Comments

comments