काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले भ्रमणको उद्धेश्य पुरा भएको बताएका छन् ।

नेपाल र भारतबीच शनिबार भएका दुईपक्षीय वार्ता र समझदारी दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धी भएको उनको भनाई छ ।

भ्रमण दलमा सहभागी सदस्यहरुलाई भारतीय समकक्षी नरेन्द्र मोदी, भारतका विभिन्न मन्त्रीहरुसँग भएको छलफल र दुई पक्षीय वार्ताका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आईतबार विहान भ्रमणको उद्धेश्य पुरा भएको बताएका हुन् ।

“जुन उद्देश्यले मेरो यो भ्रमण भएको हो, त्यो उद्देश्य पूरा भएको छ”, प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रेस सल्लाहकार प्रमोद दाहालले भने,“मूलतः नेपाल भारतबीच केही समय यता देखिएको तिक्तता हटेको छ । भारत सरकारले यो भ्रमणलाई राजकीय सम्मान दिएको कारण पनि दुवै देशको राजनीतिक सम्बन्ध अझै उचाइमा पुगेको छ । दुवै देशबीच भएका समझदारीहरुबाट दुवै देशको राजनीतिक, आर्थिक, विकास निर्माण र सांस्कृतिक सम्बन्धमा महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ । ती समझदारी नेपालको हितमा छन् ।’

प्रधानमन्त्रीले ओलीले आफू र भारतकाप्रधानमन्त्रीबीचभएको एक्लाएक्लै वार्ता सौहार्दपूर्ण र फलदायीभएको पनिबताए ।
भ्रमणका क्रममाप्रधानमन्त्रीओलीे आईतबार उत्तराखण्डस्थित तेह्रीजलविद्युत् बाँधको अवलोकनका लागि जाँदैछन् । प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्नेछन् ।

Comments

comments