काठमाडौं । नेपाल र भारतबीच द्धिदेशीय सम्वन्ध सुदृढ गर्दै आपसी सहयोगका विषयमा थप साझेदारी गर्ने सहमति भएको छ । दुवै मुलुक आतंकवाद र सीमापार अपराध विरुद्ध एक हुने सहमतिसंगै ७ बुँदे सम्झौता समेत भएको छ  ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्त पत्रकार सम्मेलनमा धारणा राख्नेक्रममा द्धिदेशीय सम्वन्धलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्यता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीच पछिल्ला केही महिनायता तीत्तता रहेपनि यो भ्रमणले सम्वन्धमा नयाँ पन कायम गरेको बताउँनुभयो । उँहाले नेपालको विकासमा भारतले पु¥याएको सहयोग उल्लेखनीय भएको बताउँनुभयो ।

यस्तै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सम्वन्ध ऐतिहासिक भएको भन्दै दुई मुलुकबीच साझा चासोका विषयमा थप सहकार्य हुने उल्लेख गर्नुभयो ।

भारतले नेपाललाई शनिबारवाट ८० मेगावाट विद्युत प्रदान गरेको छ । २ बर्षभित्र ६०० मेगावाट विद्युत नेपाललाई उपलव्ध गराउन पनि भारत सहमत भएको छ । नेपाल र भारतबीच भएको सात बुदें सम्झौतामा भूकम्प पश्चातको पुर्ननिर्माण, नेपाल, भारत र बङ्गलादेश जोड्ने रेलमार्ग निर्माण गर्ने, नेपाल र बङ्गलादेशलाई जोड्न काकँडभिट्टा करिडोर बनाउने लगायतका छन् । यस्तै गरी तराईका जिल्लामा सडक निर्माण गर्ने, अन्र्तदेशीय प्रशारण लाईन विस्तार र संगीत नाट्य एकेडेमी निर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ ।

यसैबीच पत्रकार सम्मेलनम भारतीय प्रधानमन्त्री मोदीले नेपालमाथिको नाकाबन्दीवारे भने केही उल्लेख गर्नुभएन् । दुई देश बीच घनिष्ठ सम्वन्ध कायम गर्ने वारेमा मोदीले जोड दिनुभयो ।

Comments

comments