काठमाडौं । साताब्यापी भारत भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्टपति प्रणव मुखर्जीसँग भेट वार्ता गर्ने भएका छन् ।

विहान ११ बजे प्रधानमन्त्री ओली र मोदीबीच हाइदरावास हाउसमा भेट हुने भएको छ । दुई प्रधानमन्त्रीबीच भेट भएपछि दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गरिने भएको छ । त्यसलगतै प्रधानमन्त्री ओली महात्मगान्धीको शालिकमा पुग्ने भएका छन् । त्यसपछि साँझ ५ बजे भारतीय गृहमन्त्री राजनाथ सिंह र ६ बजे अर्थमन्त्री अरुण जेट्लीसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

भारतीय नेताहरुसंगको भेट गरिसकेपछि प्रधानमन्त्री ओली र भारतीय राष्टपति प्रणब मुखर्जीसँग हाइदरावाद निवासमै साँझ ७ बजे भेट वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीलाई भारतीय राष्टपति मुखर्जीले आजै राति ८ बजे रात्री भोज दिने भएका छन् ।

Comments