काठमाडौँ । प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका विराटनगर जोड्ने कोसी राजमार्थ निर्माण हुँदै आएको छ ।

नेपालतर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण कार्य भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको छ ।

खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन ।

ठेक्का सम्झौतामा सरकारले परराष्ट्र मामिलाबाटै सडक निर्माणमा आवश्यक इन्धन तातोपानी सिगात्से हुँदै ठूवानी गर्न अनुमति दिलाउने भनेपनि स्वीकृति नदिएकाले ब्ल्याकमा इन्धन खरिद गर्न बाध्य भएको निर्माण कम्पनीले जनाएकाे छ ।

Please follow and like us:

Comments