काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले लोकतन्त्र र कानुनी शासन विना मानव अधिकारको रक्षा सम्भव नहुने बताउनुभएको छ ।

नयाँ संविधानले लोकतन्त्र, शान्ति, संवृद्धि, एकता र सामाजिक सद्भाव कायम गरेको भन्दै उहाँले संविधानको कार्यान्वयनमा सवै पक्षवीच एकता आवश्यक रहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१६ को विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले मानव अधिकारको चासो राख्ने इन्सेकभन्दा अर्को संयन्त्र स्थापित हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । नयाँ संविधानले लोकतन्त्र, शान्ति, संवृद्धि, एकता र सामाजिक सद्भाव कायम गरे पनि मानव अधिकारको उल्लंघनका घटनाहरु सार्वजनिक भैरहनुले यसको नियन्त्रणका लागि पहलकदमी आवश्यक रहेको उहाँले दोहो¥याउनुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले कैलाली घटनामा मारिएका सुरक्षाकर्मी थमन विक र मधेश आन्दोलनमा मारिएका वालक चन्दन पट्टेलको परिवारलाई राहतस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

Comments