काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाल र भारत बीच सद्भाव कायम हुने बताउनु भएको छ ।

उहाँले भूकम्प पछिको पुनर्निर्माणमा पनि भारतीय सहयोग बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल देशभक्त गणतान्त्रिक मोर्चाको एकता अभियान उद्घाटन समारोहमा पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपाल र भारत बीच चिस्सिएको सम्बन्ध सुधारका साथै नेपालको ऐतिहासिक भौतिक संरचनामा भुकम्पले पु¥याएको क्षति र त्यसको पुननिर्माणका सम्बन्धमा भारतको सहयोग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा मुलुकमा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर राष्ट्रियता बिषयमा नमिलेका कुराहरु संबिधान संशोधनबाट मिलाउनुपर्ने तथा संविधान कार्यान्वयन र पुननिर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले नेपाल देशभक्त गणतान्त्रिक मोर्चाको एकता अभियानलाइ सफलताको शुभकामना दिदै यस्ले राष्ट्रिय बिकासमा टेवा पु¥याउने आशा ब्यक्त गर्नुभयो ।

Comments

comments