फेसनको बारेमा सबैको आफ्नै धारणा हुन्छ, प्राय: जो कसैको आफ्नो तरिकाको आफु सुहाउँदो पहिरन र अनि पहिरिने शैली नै फेसन हो | माइकल ज्याक्सनका गीत संगीतमा मन्त्र मुग्ध हुने बिपुला सिंह ठकुरी फेसनकी पारखी नै हुन् | संगीत सबै प्रकारको मन पर्छ , तर मन पराइ पनि व्यक्तिको अवस्था अनुसार हुन्छ भन्छिन, बिपुला | ड्रेस अप भने उनलाई  जाडो यामकै  मन पर्छ  | अष्ट्रेलियाको मौसम अनौठो छ एकै महिनामा जुन सुकै यामको अनुभब गर्न पाइन्छ | बाक्ला लुगा लगाउन हिउँद कुर्ने पर्दैन | छिनछिनमा परिवर्तन हुने मौसमको सदुपयोग बिपुला पनि गर्छिन् |

10330413_10153094541734298_3341903039807045471_n

बिपुलाकै बिचारमा पनि फेसन आफुलाई  सहज र आत्मविश्वास जगाउने खालको हुनुपर्छ | स्टाइल चाहिँ बोल्ड र सुन्दर |

आफ्नै भविष्यका पाइला कता जालान् भन्ने पिरले कहिले नछोडे पनि फुर्सदको समय साथीहरु सँग रमाइलो गर्न अनि अरु आधारभूत दैनिकीमा नै बित्छ उनको | त्यसो त विदेश अनि अष्ट्रेलिया फुर्सद त अरुको जस्तै उनको पनि  मुस्किलले निस्कन्छ |

युनिभर्सिटी पछिको समय काममा बित्छ | आफ्नो पढाई सुहाउँदो जागिर पनि त खोज्नै पर्यो | सिड्नीको बसाई छ | भविष्यको बाटो सहज बनाउन मेहेनत गर्ने समय यहि हो, फुर्सद लिने बेला पो कहाँ छ र | यो बिपुला स्पष्टोक्ति हो |

सिड्नी बसे पनि संसार कै स्वर्ग जस्तो लाग्ने सौराहा उनको मनमा छाई रहन्छ | नेपाली चलचित्रहरु मन पराउने बिपुला नेपाली चलचित्र कर्मी तथा नायक नायिकाहरुको  पछिल्लो मेहेनत प्रशंसनीय मान्छिन् |

हरेक साल नयाँ बर्षको पुर्व सन्ध्या यानी कि डिसेम्बर ३१ को पर्खाइमा रहने बिपुला अन्य पार्टीहरुमा सामेल हुने समय भने मुस्किलले निकाल्छिन | स्थानिय खानेकुरा जुनसुकै भए पनि नाइँ नास्ती नगर्ने उनको अर्को सोख साथीहरु सँग नयाँ ठाउँको घुमघाम पनि हो ,जसले उनलाई उनकै भनाईमा जीवित र रिफ्रेश राखेको छ |

Comments

comments