अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ । विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको औषधिका बारेमा घनिभूत छलफल गरिरहेका छन् |

एचआइभी एड्सलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन् । उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो संक्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्नसक्ने छ । त्यसैले  यस रोगको उपचारको खोजी विश्वव्यापी रुपमा जारी नै छ । यस पटकको विश्व एचआइभी एड्स सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवम् परामर्श भएको हो ।

वैज्ञानिकहरुले  संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टीरेक्टोभाइरलकै सहारा लिइ नयाँ परिक्षण गर्ने तयारीमा छन् | यस परीक्षण र यसको उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ ।  सो औषधिको माध्यमबाट एचआइभी भाइरललाई विरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिने छ ।

वैज्ञानिकहरुले सो औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर रुपमा गरिरहेका छन् । उनीहरुको यो परीक्षण साइड इफेक्ट गर्नसक्ने प्रकारको भएको बताइन्छ | तर यही औषधिको प्रयोगपछि पनि सङ्क्रमितहरुको अवस्थामा परिवर्तन ल्याउन तथा यो रोगको संक्रमण दर घटाउन मद्दत पुगेको राष्ट्रसंघीय एड्स कार्यक्रमले जनाएको छ |

Comments

comments