मेलबर्न । गैर आवसीय नेपाली संघ एनआरएन क्वीन्सल्याण्ड राज्य समितिले आगामी मार्च ५ तारिखका दिन क्वीन्सल्याण्डमा रहेका अभिभावकहरुको लागि वनभोज कार्यक्रम गर्ने भएको छ ।

विशेष गरी भ्रमण भिसामा क्वीन्सल्याण्ड आएका अभिभावकहरुको यहाँको बसाईलाई मनोरञ्जक र जानकारीमूलक बनाउने साथै एकअर्कासँग भेटघाटको मौका जुराउने अवसरको रुपमा यस कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएन क्वीन्सल्याण्ड राज्य समितिका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिनुभयो । सोही अवसरमा उपस्थित अभिभावकहरुमा कुनै स्वास्थ्य समस्या भए निशुल्क परीक्षणको व्यवस्था समेत मिलाइएको छ ।

वनभोजमा अभिभावकहरुसहित ४ सयको उपस्थिति रहने आयोजकको अपेक्षा छ । कार्यक्रम स्थानीय मेरी क्रेन क्रस पार्कमा हुनेछ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने वनभोजमा विभिन्न मनोरञ्जनका कार्यक्रम समेत आयोजना गर्ने योजना संस्थाको छ ।

Comments

comments