“काठमाडौँको बसाई अरु थोक भन्दा पनि बिहान बेलुका तरकारी किनेर खान नसकिने भो ! ” , रामेछापबाट राजधानी आई कुलेश्वोर बस्ने राधेश्वरी हुमागाईंको गुनासो हो यो | यो गुनासो राधेश्वरी जस्तै अरु धेरै गृहिणीको पनि हो | कारण एउटै छ , बजारमा महँगो छ तरकारीको भाउ | दिन २ गुणा रात चारगुणा भाउ बढे पनि किनेर खाने ग्राहकले केहि भन्दैनन् | बजारमा तरकारीको भाउ जति आकाशीय पनि उत्पादक कृषकले  भने कहिल्यै बढेको मूल्यमा आफ्नो तरकारी बेच्न पाउंदैनन् | उत्पादक र उपभोक्ताका बिचमा ब्यापारीहरु सँग मिलेमतो गर्ने बिचौलियाहरुको चलखेलका कारण राजधानी काठमाडौँ लगायतका शहरहरुमा दशौ गुणा बढी मूल्य तिरेरै भए पनि छाक टार्न विवस छन् सर्वसाधारण | त्यसो त देश बाहिर बिशेष गरि भारतबाट रातारात भित्रने आयातित तरकारीले नेपाली बजार ओगटे पछी स्थानीय उत्पादकका उत्पादन बारीमा नै रोकिन्छ्न | उचित मूल्य र बजार अभाबमा किसान हरेक बर्ष मारमा पर्छन् |

यसै बिचमा तरकारीमा अखाद्य विषादीको प्रयोग भएको पाइए पछि  कालिमाटीमा तरकारीको जाच हुन थालेको छ | बिषादी जांचमा उपभोग्य ठहर नहुने डरले किसानहरुले काठमाडौँ बाहिरका जिल्लामा आफ्ना उत्पादन लैजान थाले लगत्तै कालिमाटीमा अघिल्लो साताको तुलनामा तरकारीको भाउ ८० प्रतिशत भन्दा बढी घटेको बताइएको छ |

अघिल्लो हप्ता किलोमा २० देखि २२ रुपैया थोक मूल्यमा कारोबार भएको मुला यो हप्ता २ देखि ३ रुपैया थोक मूल्यमा झरेको थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उहाका अनुसार सस्तो भएपनि कारोबार नभएपछि व्यापारीले डेढसय मेट्रिक टन मुला फालेका छन् ।यस्तै बजारमा हिजो मंगलबार बन्दा र घिरौला किलोको १५ देखि १६ रुपैया, हरियो धनिया १५ देखि २० रुपैया,माच्छे खुर्सानी ३० रुपैया, हरियो करेला २५, हाइब्रिड काँक्रोे २२  रुपैया बोडी २५ रुपैया र गोलभेडा २० देखि २२ रुपैया थोक मूल्यमा कारोबार भैरहेको छ ।

Comments

comments