काठमाडौं । नेपाली फुटबललाई नव युगमा प्रवेश गराउँन महत्वपूर्ण योगदान दिने नवयुग श्रेष्ठ अहिले सबैको आँखाको तारा बनेका छन् । १२ औं सागमा स्वर्ण पदक जित्दै नेपाललाई २३ वर्षपछि च्याम्पियन बनाउँन नवयुग एक्लैले ७ गोलको ऐतिहासिक योगदान दिए । दुई वटा ह्याट्रिकको कीर्तिमान रचे र प्रतियोगीताको गोल मेशिन सावित भए ।

अन्तिम समयमा माल्दिभ्सलाई हराउँदै नेपाललाई फाइनलमा पुर्याउँन नवयुगको चमात्कारपूर्ण योगदान सधैं चर्चाको विषय रहनेछ भने उपाधि जित्ने क्रममा उनको निर्णायक गोल रह्यो । नेपाल आर्मीका यी प्रतिभाशाली खेलाडी अहिले सबैको चर्चाको विषय बनेको छ ।

नेपालले भारतलाई उसकै भूमिमा पराजित गरेसँगै सोमवार आर्मीका उच्च अधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सीधा टेलिफोन सम्पर्क गर्नुभएको खुलेको छ । प्रधानमन्त्री आफैंले मध्यरातमा फोन गर्नुको कारण अरु केही नभएर उनै नवयुग थिए । टेलिफोनमा प्रधानमन्त्रीले नवयुगको बारेमा सोधनी गर्नुभएको आर्मी उच्च स्रोतले बतायो । आर्मीमा नवयुग कार्यरत दर्जाका बारेमा प्रधानमन्त्रीज्यूले चासो राख्नुभयो,स्रोतले बतायो । उहाँको आशय नवयुगलाई कसरी प्रोमोशन गर्न सकिन्छ भन्ने रहेको बताइएको छ ।

यसैबीच नेपाल आर्मीले पनि आफ्ना होनाहार कर्मचारी नवयुगलाई विद्यमान ऐन र नियमभित्र रही प्रोमोशन गर्ने बारे आन्तरिक छलफल गरिरहेको स्रोतको दाबी छ ।

Comments

comments