काठमाडौं । साग फुटबलमा नेपाललाई स्वर्ण दिलाउँने नेपाली फुटबल टिम बुधबार दिउँसो काठमाडौं आइपुग्दैछ । अपरान्ह ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने टोलीको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

टोली काठमाडौं आइपुग्ने बित्तिकै अविरजात्रा सहित नगर परिक्रमा गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।
नगर परिक्रमाको रुट काठमाडौं तिलगङ्गा, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा नागस्थान, त्रिपुरेश्वर रहेको छ ।

सुन्धारा हुँदै दशरथ रंगशाला पुगेपछि त्यहाँ खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

Comments

comments