एजेन्सी । संयुक्त राष्ट्र संघका पूर्व महासचिव बुत्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

मंगलबार कायरोको एक अस्पतालमा उनको निधन भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पुष्टि गरेको छ।

इजिप्टका राजनेता घाली सन् १९९२ देखि १९९६ सम्म संयुक्त राष्ट्र संघको छैठौं महासचिव बनेका थिए। अरब मुलुकबाट संयुक्त राष्ट्र संघको महासचिव बन्ने उनी पहिलो नेता हुन्।

Comments