काठमाडौं । बैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षति पु¥याएका ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण अभियान आरम्भ गरिएको छ । सरकार एंव विभिन्न राजनीतिक दलहरुले सामुहिकरुपमा ऐतिहासिक धरोहरको पुनर्निर्माण गर्ने महाअभियानका लागि राष्ट्रिय संकल्प गरेका छन् ।

महाविनाशकारी भूकम्पले भत्काएका ऐतिहासिक धरोहरहरु तथा साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण ढिलैभएपनि सुरु हुनेभएको छ । नागरिक उडडयन मन्त्रालयले आयोजना गरेको ऐतिहासिक धरोहरको पुननिर्माणको राष्ट्रिय संकल्प नामक उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा हरेक नागरिकको सहभागितामा पहिलेको जस्तै एवं बलियो र दुरुस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उँहाले अब बन्ने धरहरा आत्धुनिक बिज्ञान प्रविधिमा आधारित अन्डरग्राउण्ड पार्किङ सुविधा सहितको हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भुकम्पबाट भत्केका धरोहरहरुको पुनर्निर्माणका लागि बैदेशिक लगानीकर्ताहरु तयार भएपनि धरहरा भने हरेक जनताको सहयोगमा आफनै खर्चमा बनाइने पनि बताउनुभयो । उँहाले आफनो एक महिनाको तलब धरहरा पुनर्निर्माण दिने घोषणा समेत गर्नुभयो ।

विक्रम सम्बत १८८२ मा तत्कालीन प्रधानमनत्री भीमसेन थापाले महारानी ललित्रीपुरा सुन्दरीदेबीको सम्झनमा निर्माण गरेका धराहरा १९९० साल माघ २ गतेको भुकम्पले भत्काएपछि पुनः जुद्ध शमशेरले पुननिर्माण गरेका थिए । यसलाई भीमसेन स्तम्भको नामले पनि चिनिन्छ ।

Comments

comments