सिरिया । युद्धग्रस्त सिरियामा मिसाईल आक्रमणमा ५० जनाको मृत्यु भएको छ ।

केही अस्पताल र विद्यालयमा भएको मिसाइल आक्रमणमा ५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मारिनेमा बालबालिका बढी रहेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार सिरियाको एलेप्पो शहर र इदलिब प्रान्तका ५ वटा अस्पताल र दुई विद्यालयमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणमा सय भन्दा बढी घाइते भएका छन् ।

राष्ट्र संघले यो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । केही सामाजिक कार्यकर्ताले भने यो आक्रमण हुनुमा रुस जिम्मेवार रहेको आरोप लगाएका छन् । तर आक्रमण कसले गरेको हो भन्ने पुष्टि भएको छैन ।

Comments

comments