काठमाडौं । १२ औं ्साग फुटबलको उपाधि जितेसँगै सिंगो नेपाल नै तरंगित भएको छ । यो जीतलाई राष्ट्रिय स्वाभिमान र इगोसँग समेत जोडिएर हेरेका दर्शकहरुले नेपाली फुटबल टिमले नेपाली स्वाभिमानलाई अझ उचो बनाइदिएको अनुभूति गरेका छन् । त्यसैले नेपालको यो जीतप्रति विभिन्न्न सामाजिक सञ्जालहरुमार्फत बधाइ दिनेको संख्या गनिसाध्य छैन भने विभिन्न विशिष्ट व्यक्तिहरुले समेत विज्ञप्ति नै प्रकाशित गरी बधाइ दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय टिमलाई बधाइ एवं शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जीतले नेपालको शीर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई आफ्नो व्यक्तिगत र सरकारका तर्फबाट बधाई दिनुभएको हो ।

प्रधानमन्त्रीका तर्फवाट उहाँका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको वित्रप्तिमा ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुने र सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन नदिने उल्लेख छ ।

त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि नेपाली फुटवल टिमलाई बधाइ दिनुभएको छ । सागको फाइनलमा नेपालले भारतलाई हराएकोमा गर्व लागेको उहाँले बताउँनुभएको छ । सर्वाधिक गोलकर्ता बन्नुका साथै नेपाललाई उपाधि दिलाउँन निर्णायक भूमिका खेलका खेलाडी नवयुग श्रेष्ठ आर्मी क्लबका खेलाडी हुन् ।

नेपाल नयाँ साग च्याम्पियन बनेसँगै देशभर विजय उत्सव मनाउँने क्रम सोमवार साँझबाटै शुरु भएको थियो । नेपालले खेल जिते लगत्तै पोखरा,हेटौडा र काठमाडौं लगायतका क्षेत्रहरुमा फुटबलका फ्यानहरुले मोटर साइकल र्याली सहित विजय उत्सव मनाए ।

विजेता टोलीलाई भव्यताका साथ काठमाडौंमा स्वागत गर्ने सरकारले औपचारिक तयारी समेत गरेको बताइएको छ । स्वागत कार्यक्रमबारे आज अन्तिम निर्णयमा पुग्ने एक मन्त्रीले बताए ।

उता विजेता टोलीलाई पुरस्कार घोषणा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । सोमवार राति नै आकस्मिक वैठक बसी फाइनान्स कम्पनीहरुको संगठन नेपाल वित्तीय संघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Please follow and like us:

Comments